बिहिबार, बैशाख २७, २०८१

बजेटसम्बन्धी ३ अध्यादेश जारी

काठमाडौं जेठ १५ ,

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित ३ अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख भएअनुसार जारी ३ अध्यादेशमा क्रमस आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्रऋण उठाउने अध्यादेश, २०७८’ रहेका छन ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त  अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । त्यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आगामी आवको बजेट अपरान्ह ४ बजेबाट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।