बिहिबार, बैशाख २७, २०८१

मुलुकको ७७ मध्ये ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी निषेधाज्ञा आदेश जारी

काठमाडौ बैशाख २२,
देशभर कोभिड संक्रमणको दोस्रो लहर फैलिँदै जाँदा गृह मन्त्रालयले ७७ जिल्लामध्ये ५१ जिल्लामा निषेधाज्ञा लागू भएको जनाएको छ। मन्त्रालयले जारी गरेको सूचनामा हालसम्म ५१ जिल्लाले निषेधाज्ञा आदेश जारी गरेको भएको उल्लेख गरिएको छ । तीमध्ये ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी निषेधाज्ञा लगाइएको सूचनामा उल्लेख गरिएको छ ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार काठमाडौ उपत्यका तथा तराईका जिल्लाहरूमा ५ सय र पहाडी जिल्लाहरूमा २ सय जना सङ्क्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले निर्णय गरे अनुरुप हाल देशका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् भने १४ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको डेटा अनुसार निषेधाज्ञा जारी भएको बताउनुभएको छ ।

यसअघि साताव्यापी निषेधाज्ञा जारी भएको काठमाडौँ उपत्यकामा संक्रमितको सख्या बढेसंगै थप एक साताका लागि निषेधाज्ञा थप गरिएकोछ भने यसअघि जारी भएका वै किसिमका सवारी पास पनि खारेज गरीएकोछ ।