बिहिबार, बैशाख १३, २०८१

माओवादीको समर्थन फिर्तासंगै केपी ओली नेतृत्वको सरकार अल्पमतमा

 प्रम ओलीको प्रतिनिधिसभाबाट विश्वासको मत लिने योजना तुहियो

काठमाडौ बैशाख २२,
प्रधानमन्त्री केपी ओलीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न खोज्दै गर्दा नेकपा माओवादी केन्द्रको मंगलवार बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिएको छ ।

केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको हो ।

साथै नेकपा माओवादी केन्द्रले सङ्घीय संसद्को नियमित अधिवेशन बोलाउनुपर्ने अवस्थामा विशेष अधिवेशन बोलाइनाले सरकारको राजनीतिक आशय गलत रहेको ठहर सहित समर्थन फिर्ता गरेसंगै ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । यसअघि संसद विघटन गर्ने प्रधानमन्त्री केपीको पुस ५ गतेको निर्णय संगै सरकारबाट बाहिरिए पनि सरकालाइ दिदै आएको समर्थन भने कायमै राखेको थियो ।