बुधबार, बैशाख २६, २०८१

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय आफैमा अलोकतान्त्रिक: कांग्रेस

काठमाडौं बैशाख ६,
कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशितरुपमा अन्त्य गरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । सोमवार को लागि प्रतिनिधिसभा बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौँ महत्वपूर्ण विषयलाइ नजरअन्दाज गर्दै संसद बैठक अन्त्य गर्ने सरकारको निर्णय आफैमा अलोकतान्त्रिक भएको कांग्रेसले जनाएको छ ।

त्यस्ते बैकठ पछि जारी विज्ञप्तिमा काँगैसले तमाम नेपाली नागरिकलाइ पछिल्लो समय देखिएको कोभिड संक्रमणकोथप जोखिमबाट बच्न अपिल गर्दै जनताको जीवनरक्षाका लागि अविलम्ब विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग समेत गरेको छ । साथै विज्ञप्तिमा कोभिड विरुद्धको खोप हरेक नागरिकलाई उपलब्ध गराउदै नागरिकको सुरक्षाका लागि अभियान सञ्चालन गर्न समेत माग गरेको उल्लेख गरिएको छ।

त्यस्तै आसन्न पार्टीको महाधिवेशन लक्षित हुँदै क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ यही वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण गरिएको उल्लेख गर्दै क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी जिल्लाको प्रतिवेदन यही वैशाख १७ गते साँझ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउन समेत मातहतका समितिलाइ सकुर्लर गर्ने निर्णय गरेको छ ।