शुक्रबार, बैशाख ७, २०८१

अविश्वासको प्रस्ताव छल्न नभइ ‘विजनेस’ नभएकाले चालु अधिवेशन अन्त्य :प्रवक्ता गुरुङ

बढ्दो कोभिड जोखिमका कारण सङ्क्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम विभिन्न आदेश जारी

काठमाडौ बैशाख ६,
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गर्दै संसद्सँग ‘विजनेस’ नभएकाले आजै अपराह्न १ बजेदेखि लागू हुने गरी सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गरिएको जानकारीदिदै संसद्मा अविश्वासको प्रस्ताव आउँछ भनेर सरकार भागेको होइन, अविश्वासको प्रस्ताव छल्नका लागि पनि संसद् स्थगित नगरिएको प्रतिक्रिया दिनुभएको छ ।

त्यस्तै उहाँँले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत पछिल्लो समय कोभिड संक्रमणको जोखिम बढेको निष्कर्ष सहित सङ्क्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम विभिन्न आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभएकोछ ।

यस्तो छ मन्त्रीपरिषद बैठकको विस्तृत निर्णय

सरकारका प्रवक्ता गुरुङका अनुसार काठमाडौं उपत्यकाका महानगरपालिका, नगरपालिका, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, हटौँडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका, मेची नगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर तथा भीमदत्तनगर नगरपालिकामा रहेका शैक्षिक संस्था, विद्यालय, इन्स्टिच्युट, तालीम केन्द्रलगायतलाई वैशाख मसान्तसम्म भौतिकरूपमा उपस्थित नभई भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाई सञ्चालन गर्ने आदेश जारी गरेको भएको जानकारी दिनुभयो ।

त्यस्तै उहाँले मप बैठकको निर्णय सार्वजनिक गर्दै विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन हुने जनाउ दिदै सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, डान्स क्लब, हेल्थ क्लब, जिम खाना, पौडी पोखरी, फुटसल, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितका खेल र मानिसको भीडभाड हुने सबै प्रकारका कार्य वैशाख मसान्तसम्म बन्द गरिएको जानकारी दिनुभयो ।

त्यस्तै नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणाली लागू गर्न व्यवस्था मिलाउने, नियमित सञ्चालन हुने स्वास्थ्य संस्था स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने, मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी वैशाख मसान्तसम्म नित्यपूजा, ध्यान र प्रार्थना मात्र गर्न पाउने, तर २५ जनाभन्दा बढी हुन नहुने र सामाजिक दूरी अवलम्बन गर्ने गरी शपिङ मल, डिपार्टमेन्टल स्टोर सञ्चालन गर्न पाउँने तर आवश्यक सावधानी अपनाउनु पर्ने मेला, जात्रा, पर्व, विवाहलगायत धार्मिक अनुष्ठान र मलामीलगायत धार्मिक तथा परम्परागत कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने आदेश जारी भएको बताउनुभयो ।

त्यसैगरि सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोका र भित्र स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्ने होटेल तथा रेष्टुरेन्टले बिहान ८ देखि बेलुका ८ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सेवा दिनुपर्ने, अन्य समयमा होम डेलिभरी गर्नुपर्ने जसत अनदेश रहेको जानकारी दिनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031