शुक्रबार, बैशाख १४, २०८१

थप ५१७ मा कोभिड सङ्क्रमितको पहिचान, उपत्यका फेरी संक्रमणको चपेटामा 

काठमाडौं चैत ३१ ,
नेपालमा वितेको २४ घण्टामा पाँच हजार २०३ को स्वास्थ्य परीक्षणको क्रममा थप ५१७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज पहिचान भएका संक्रमित मध्ये काठमाडौमा १६१, ललितपुरमा २६ र भक्तपुरका १२ जना रहेको जानकारी दिदै नेपालमा कोभिड सङ्क्रमितको सङ्ख्या दुई लाख ८० हजार ९८४ पुगेको जनाएको छ । त्यस्तै यसवीचमा थप १५३ जना उपचार पछि निको भएको  र  यो संगै निको हुनेको सङ्ख्या दुई लाख ७४ हजार ३१८ पुगेको जानकारी दिएको छ।

साथै पछिल्लो डेटा अनुसार देशभर ३ हजार ६०८ सक्रिय कोभिड  सङ्क्रमित रहेको र पछिल्लो समय संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । हालसम्मा ३ हजार ५८ ले कोभिडका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।