आइतवार, बैशाख २६, २०७८

आज उपत्यकामा घोडे जात्रा मनाइँदै

काठमाडौं चैत २९,
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । घोडेजात्रा पर्वको सवालमा प्राप्त जानकारी अनुसार प्राचीन कालमा काठमाडौँको टुँडिखेलमा रहेको रुखमा बास गर्ने गुरुमापा नामको नरभक्षी राक्षसको अवसान पछि पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने डरले प्रत्येक वर्ष घोडेजात्रा गरी त्यस राक्षसको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउनका लागि मनाउन थालिएको बुझिएको छ।
त्यस्तै जात्राको अवसरमा काठमाडौँका नेवार समुदायले घरघरमा आफन्तजन बोलाएर उत्सव मनाउने परम्परा समेत रही आएको छ । चैत्र कृष्ण औँशीका दिनमा टुँडिखेलका साथै पाटन बालकुमारीमा पनि एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइने प्रचलन रहेको संस्कृतिविद् हरिराम जोशीले बताउनु भयो । उहाँका अनुसार नेपालमा कहिलेदेखि घोडेजात्रा मनाउन थालिएको भन्ने तथ्यगत प्रमाण नभए पनि टुँडिखेलमा मनाइने घोडेजात्राको क्रम १५औं वा १६औ शताव्दीदेखि मनाउन थालिएको जनविस्वास रहेको छ ।

यसवर्षको घोडेजात्रा पर्वको अवसरमा नेपाली सेनाले काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा प्रत्येक विशेष कार्यक्रम आयोजना गर्दै आएकामा यस वर्ष पनि उक्त कार्यक्रम गर्ने तयारी गरेको छ । t/ o;k6s उपत्यकामा बढ्दो कोभिड सङ्क्रमणको जोखिमका कारण विगतमा जस्तो हुलमुल नगरि एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको सेनाले जनाएको छ ।

घोडेजात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । जात्राकै अवसरमा नेपाली सेनाले काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा प्रत्येक विशेष कार्यक्रम आयोजना गर्दै आएकामा यस वर्ष पनि उक्त कार्यक्रम गर्ने तयारी गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीगण, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा उच्च सरकारी अधिकारीहरुको सहभागिता रहने सो कार्यक्रममा घोडेजात्राका विभिन्न दृश्यहरु देखाइन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031