बिहिबार, बैशाख २७, २०८१

सर्तकता पूर्वक फागुपूर्णिमा घरमै बसेर मनाउन अनुरोध

काठमाडौ चैत १५,
सरकारले पछिल्लो समय कोभिड संक्रमितको सख्या बढ्दो पाइएसंगै सर्तकता पूर्वक होली पर्व घरमै बसेर मनाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक सञ्जालमा ’यस होलीमा हुल तथा ठूला जमघटबाट टाढा बसौं, माया बाँडौं, कोभिड होइन’ भन्ने सन्देश पठाउँदै होली घरमा नै मनाउन अनुरोध गरेको हो ।

छिमेकी मुलुकमा संक्रमण बढेसँगै नेपालका तराइका जिल्ला र उपत्यकामा पनि केही दिनदेखि संक्रमित थपिने क्रम बढेको मन्त्रालयले जनाउँदै पर्व मनाउने नाममा अनावश्यक भीडभाड नगर्न पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।