शनिबार, बैशाख ८, २०८१

नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं चैत १४,
मस्तिष्कघातका कारण शुक्रबार राति ८:२४ बजे नर्भिक अस्पतालमा निधन भएका नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको आज पशुपति आर्यघाटमा  अन्त्येष्टि गरिएको छ । सरल, बौद्धिक र क्षमतावान नेता जोशी कांग्रेसका निष्ठावान राजनीतिज्ञका रुपमा परिचित नेता जोशीको पार्थिव शरिरमा स्व जोशीका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिनुभएको हो ।

अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलिका लागि उहाँको काठमाडौं महानगरपालिका वडा न१९ स्थित नीजी निवास यट्खा टोल र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । सानेपामा उहाँको पार्थिव शरिरलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

स्व जोशीको पार्थिवशरीरमा श्रद्धाञ्जलि दिन सभामुख अग्नीप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत कांग्रेस पार्टी कार्यालय सानेपा पुग्नुभएको थियो ।