सोमवार, बैशाख २४, २०८१

फुल्चोकी जंगलमा अलपत्र २ जनाको प्रहरीद्वारा सकुशल उद्दार

फोटो : काल्पनीक

ललितपुर माघ २६,
महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले गोदावरी नगरपालिका ३ स्थित फुल्चोकी डाँडामा हराइरहेका काठमाडौं कलंकी बस्ने २१ वर्षीय प्रशान्त थापा र दोलखाका १९ वर्षीय सुरेश केसीलाई आइतबार सकुशल उद्दार गरेको छ । प्रहरीका अनुसार फुल्चोकी जंगलमा घुम्न गएका उनीहरु हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले चापाखर्कमाअलपत्र रहेको अवस्थामा उद्दार गरी अभिभावकको जिम्मा लगाएको जनाएकोछ ।

जाडो याममा हिउँ पर्ने कारण आन्तरिक पर्यटकको अत्यधिक घुँइचो हुने र बाटो बिराइ मानिसहरु हराउन गई मृत्यु समेत हुने गरेको बिगतको घटनाहरुलाई मध्यनजर गरी बाट प्रहरी कर्मचारी खटी फुल्चोकी प्रवेशको मुख्य नाका गोदावरी बसपार्क नजिकै जाँच, पर्यटक बिबरण ईन्ट्री, काउनसिलिङ लगायत सचेतनामूलक बोर्डहरु राख्नुका साथै सुरक्षित रुपमा आन्तरिक पर्यटक तथा स्थानिय बासिन्दा गरी उक्त दिनमासमेत ५ सय जनालाई फुलचोकी घुम्न पठाएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।