शुक्रबार, बैशाख २१, २०८१

आजबाट सरकारले पत्रकारहरुलाई कोभिड–१९ विरुद्ध ‘कोभिशिल्ड’ खोप दिइँदै

काठमाडौ माघ २६,
सरकारले आजबाट पत्रकारहरुलाई कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ उपलब्ध लगाउने भएको छ । यसको लागि सरकारले विहान १० बजे देखि सिभिल अस्पताल नया वानेश्वरमा मिनभवनमा खोप दिने व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारत सरकारको अनुदानमा प्राप्त १० लाख डोज कोभिसिल्ड मध्ये पहिलो चरणमा फ्रन्टलाइनमा कार्यरत १लाख ८४ हजार ८५७ जनालाई लगाइ सकिएको छ ।

खोप लगाउनका लागि मन्त्रालयले सूचना विभागको पास वा पत्रकार महासंघको परिचयपत्र वाहक पत्रकारलाइ खोप लगाउने र सोका विवरण स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन यसअघिनै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सर्कुलर जारी गरिसकेको छ ।

यसैवीच प्राप्त पहिछल्ले जानकारी अनुसार नयाँ बानेश्वरस्थित सिभिल अस्पताल खोप केन्द्रमा सूचना विभागको प्रेस पास वा नेपाल पत्रकार महासंघको परिचय पत्र बोकेका २सय २६ जना पत्रकारहरुले खोप लगाउन नाम दर्ता गराएको बुझिएको छ ।