शुक्रबार, बैशाख १४, २०८१

महासंघको २६ औ महाधिवेशन फागुन ४ र ५ मा काठमाडौंमा हुने

काठमाडौं माघ ५,
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले आगामी फागुन ४ र ५ गते काठमाडौंमा महासंघको २६ औ महाधिवेशन सम्पन्न गर्ने लगायतका १३ बुँदे निर्णय गरेको छ ।

त्यस्तै माघ ३ र ४ गते सिन्धुपाल्चोकको हेलम्बुमा महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रीय महाधिवेशन अघि नै प्रदेश र शाखाहरूको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने विधानको व्यवस्था एवम् यसअघिको बैठकबाट भएको निर्णय बमोजिम माघ २० गतेसम्म शाखाको साधारणसभा र माघ ३० सम्म प्रदेशको साधारण सभा सम्पन्न गरिसक्ने निर्णय गरिएको छ । समयमै प्रदेश र जिल्लाको साधारणसभा सम्पन्न गर्न गराउन समेत निर्देशन जारी गरिएको छ ।

साथै बैठक पछि महासंघका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा १ जना वरिष्ठ पत्रकारको संयोजकत्वमा ४ जना अधिवक्ता र समावेशी क्षेत्रका पत्रकारको समेत प्रतिनिधित्व हुने गरी ७ सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन गर्ने जिम्मा केन्द्रीय कार्यालयलाई दिने निर्णय गर्नुको अलावा यसरी गठन हुने केन्द्रीय निर्वाचन समितिले केन्द्रसँगको परामर्शमा विधान बमोजिम समयभित्र निर्वाचन मिति तोक्ने, निर्वाचन सञ्चालन कार्यविधि बनाउने र प्रदेश तथा शाखामा गठित निर्वाचन समितिलाई अनुगमनसमेत गर्ने अधिकार प्रदान गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।

महासंघको हेलम्बु बैठकले गरेको १३ बुँदे निर्णयको पूर्णपाठ यस्तो रहेको छ :