शुक्रबार, बैशाख १४, २०८१

काठमाडौ उपत्यकाका २३२ सहित देशभर थप ५ सय २२ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं पुस २१,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ५५१ जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौ उपत्यकामा थप २३२ जना सहित देशभर थप ५ सय २२ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।

त्यस्तै कुल संक्रमित मध्ये २ लाख ५५ हजार ६६६ जन संक्रमित उपचारपछि डिस्चार्ज भएको र अहिले देश भर सक्रिय संक्रमितको सख्या ५ हजार २२५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी ४४ जना संक्रमितको भेन्टीलेटरमा र २०३ जनाको आइसीयूमा उपचार भरहेको जानकारी दिदै मन्त्रालयले संक्रमणबाट थप ८ जनाको मृत्यु भएसंगै नेपालमा  संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८९३ पुगेको जनाएको छ ।