बिहिबार, बैशाख १३, २०८१

काठमाडौंको वायु गुणस्तरको सूचकाङ्क गम्भीर, अवस्थामा दिर्घरोगीलाइ घरबाट बाहिर ननिश्कन आग्रह

काठमाडौं पुस २१,
वातावरण विभागले ज्येष्ठ नागरिक र मुटु आदिका रोगीहरुलाई घरबाट बाहिर ननिश्कन विज्ञप्ति मार्फत आगह्र गरेको छ । विभागले राजधानीको आकाश सोमवारबाट धुम्बिएसँगै उपत्यका लगायतका देशका अन्य केही शहरमा वायु प्रदूषणको मात्र एकाएक बढेसंगै यस्तो आग्रह गरेको हो । त्यस्तै विभागले यसवीचमा पानी परेको वा आकाश खुलेको भए त्यस्तो स्थिती नआउने तर न त पानी पर्न सक्यो नत आकाश खुल्न नसकेका कारण प्रदूषणको मात्रा बढेको जनाएको छ ।

साथै विभागले मंगलबार बिहान काठमाडौंको वायु प्रदुषणको मापन ४८८ कायम भएको जनाउदै वायु गुणस्तरको सूचकाङ्ग [एक्यूआई] अनुसार ३०० देखि ४०० सम्मको एक्यूआइ सूचकाङ्कलाई असाँध्यै खराब तथा ४०१ देखि असाध्यै गम्भिर मानिने जनाएको छ ।साथै यो स्थितीको विश्लेषण गर्दै विभागले विश्वका विभिन्न सहरमध्ये काठमाडौमाा वायु प्रदूषण निकै धेरै देखिएको समेत जनाएको छ ।

यद्यपी यसवीचमा बुधवारदेखि मौसममा सुधार आउने र देशभरि बिहीवारदेखि मात्रै मौसम सफा हुने जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएसंगै प्रदूषण वातावरणबाट काठमाडौका नागरिकले राहत अनुभव गर्न सक्ने   जनाएको छ ।