शुक्रबार, बैशाख १४, २०८१

कोभिड संक्रमित पत्रकारत्रयलाइ कोभिड बिमाको जनही रु १ लाख रुपैया हस्तान्तरण

काठमाडौं पुस १४ ,
मिसन मिडिया क्लवले एक सामान्य कार्यक्रमकावीच पत्रकार महासंघ काठमाडौंका कोभिड संक्रमित पत्रकारत्रय क्रमस रामहरी कार्की शुशीलबन्ध थापा र गोकुल कार्कीलाइ कोभिड विमाको जनही रू एकलाख रुपैया हस्तान्तरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमका वीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समिति अन्र्तगत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार कोभिड बीमा’ गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव समेत रहेका कल्वका अध्यक्ष श्रीजन झाका अनुसार पत्रकार कार्कीद्दयलाइ उपत्यका प्रदेश समितिको कार्यकक्षमा वरिष्ठ पत्रकार तथा नयाँ विकल्प साप्ताहिकका सम्पादक दामोदर दवाडीले त्यस्तै अर्का पत्रकार थापालाइ प्रदेश समितिका अध्यक्ष एनके दाहालले विमा वापतको  चेक हस्तान्तरण गर्नु भएको जानकारी दिनुभएको छ ।

पत्रकार थापा महासंघ भक्तपुर शाखा आवद्ध हुनुहन्छ भने पत्रकार रामहरी कार्की ललितपुर शाखाका कोषाध्यक्ष ,अर्का पत्रकार कार्की ललितपुर शाखाका सदस्य रहेका छन ।

यसअघि कोभिड संक्रमित पत्रकार विदुर थापा संजय केसी , र ललितपुर शाखाका  सचिव समेत रहेका पत्रकार सविन शर्मा लाइ कोभिड विमाको जनही रू एकलाख रुपैया हस्तान्तरण गरिसकेको छ । अवको चरणमा पत्रकार निरज रञ्जित ,अमृत अधिकारी, लिला श्रेष्ठ लगायतका पत्रकारलाइ  कोभिड विमाको रकम हस्तान्तरण गरिने प्रदेश समितिका महासचिव झाले जानकारी दिनुभएको छ ।