मङ्लबार, बैशाख ११, २०८१

आज धान्य एवं योमरी पूर्णिमा मनाइँदै

काठमाडौ पुस १५,
आज पुस १५ अर्थात मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने धान्यपूर्णिमा धान भण्डारकक्षको पूजा अर्चना सहित विधिपूर्वक मनाइदै छ ।
आज मार्गशुक्ल पूर्णिमाका दिन मनाइने धान्यपूर्णिमा लाइ नेवार समुदायले भने योमरी पुन्ही र ज्यापु समूदायले ज्यापु दिवसको रूपमा मनाउँदै छन्। आजका दिन विशेषगरि भकारीमा भरेको धान कम नहोस् अर्थात सधै धनधान्यपूर्ण होस् भनी मनाइने भएकाले यस चाडलाई धान्यपूर्णिमा भन्ने गरिएको हो।
त्यस्तै आजको दिन मङ्सिर महिनामा भित्र्याएको धान आजको दिन गणेश, कुलदेवता, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी उक्त धान कुटेर चामल बनाउने र चामलको पीठोबाट बनाएको प सेल, बाबर, पुरी योमरी बनाएर चढाउने र प्रसादको रुपमा ग्रहण गर्ने परम्परा समेत रहिआएको छ ।
त्यसैगरी पहाडी भेकमा भने यसै दिनदेखि जाडो सुरु हुने विश्वास सहित गाईबस्तुको गोठ बेंसीमा झार्ने गर्दछन् र त्यहींका देवताको पूजा गरी मनाउँछन्। त्यसैले यस पर्वलाई उधौंली पनि भन्ने गरिन्छ। ज्यापु दिवसको अवसरमा आज विगतका वर्षमा ज्यापु समूदायले विभिन्न झाँकीसहित आफ्नो कला संस्कृतिको प्रदर्शन गर्ने कार्यक्रम रहेपनि यसवर्गा यस वर्ष कोभिड महामारीका कारण उक्त कार्यक्रम सिम्बोलिक रुपमा मनाइने बुझिएको छ ।