बिहिबार, बैशाख २७, २०८१

आज क्रिसमस विभिन्न कार्यक्रमको आयोजना सहित मनाइदै

काठमाडौं पुस १०,
प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन माएने क्रिश्चियन समुदायको महान पर्व अर्थात क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्ती अर्थात क्रिसमस सम्वद्ध समुदायले देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी मनाइँदै छ ।

सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको र उहाँको जन्म भएको खुसीयालीमा यो पर्व मनाउँन थालिएको राष्ट्रिय ख्रिस्टियन महासङ्घले जनाएको छ ।

क्रिसमसको अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुर लगायत स्थानमा ‘क्रिसमस विगतका वर्ष जसरी मनाइन्छ त्यो उत्साह भने यसवषै कोभिड कहरका कारण निकै कम भएको छ ।