बिहिबार, बैशाख १३, २०८१

पार्टी आधिकारिकता दावी पत्र बुझाउन प्रचण्ड-नेपाल समूह लावा लस्कर सहितआयोगमा

काठमाडौ पुस १०,
नेकपाको प्रचण्ड- नेपाल समूहले आज दुई सय ९७ केन्द्रिय सदस्यको हस्ताक्षर सहित पार्टीको आधिकारिकताको दावी गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । संसदीय दलको नेता समेत रहेका  नेता प्रचण्ड ,पार्टी अध्यक्ष माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले  विशाल जलुस  सहित  आज आयोगको कार्यालय पुगेर पत्र बुझाएको हो।

नेकपाको ओली पक्षले पनि यसअघि नै बहुमत केन्द्रीय सदस्यहरु आफुसँग रहेको दावी गर्दै आयोगमा पत्र पठाइएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दफा ४३ मा दुई वा दुईभन्दा बढी दलबीच वा एउटै दलका दुई वा दुईभन्दा बढी पक्षहरुबीच दलको नाम, दलको छाप, विधान, झन्डा वा चिन्ह, दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विषयमा विवाद सिर्जना भएमा आयोगले दुबै समूहको निवदेनका आधारमा औपचारिक निर्णय गर्ने गरेको यसअघिका थुप्रौ नजिर आयोगसमक्ष रहेको छ ।