शनिबार, बैशाख १५, २०८१

काठमाडौंमा भिडभाडजन्य गतिविधि नगर्न स्थानीय प्रशासनको आग्रह

काठमाडौं मंसिर १६,
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा भिडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ । प्रशासनले आज एक विज्ञप्ति जारी गर्दै जिल्लामा विभिन्न माग राख्दै राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधिहरु बढेको पाइएकाले सोसँग सम्बन्धित सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गर्दा कोभिड संक्रमणको स्थिति भयावह हुन सक्ने भन्दै भिडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको हो ।

पछिल्लो समय काठमाडौंमा बढ्दो कोभिड संक्रमणका वीचपनि हुने गरेको भिडजन्य प्रदर्शनका कारण संक्रमणको जोखिम थप बढेको बताउदै प्रशासनले विज्ञप्तिमार्फत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन समेत अनुरोध गर्नुको अलावा संक्रमणका बीच जुलुस तथा प्रदर्शन भएमा कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ।