बिहिबार, बैशाख २७, २०८१

उपत्यकाका १ हजार १०७ सहित १९ सय ४५ जनामा कोभिड संक्रमण , २२ को मृत्यु

 काठमाडौं मंसिर ५,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ३४० जनाको पीसीआर परीक्षणको क्रममा थप थप १ हजार ९ सय ४५ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज पहिचान भएक संक्रमित मध्ये काठमाडौ उपत्यकामा मात्र १ हजार १०७ जना रहेको र यसमध्ये काठमाडौमा ८६२ जना, ललितपुरमा १७४ जना र भक्तपुरका ७१ जना रहेको मन्त्रालयले जनाएको छ ।त्यस्तै देशभर थप ५ हजार ३ सय ६४ जना संक्रमित संक्रमण मुक्त हुँदै डिस्चार्जभएसंगै संक्रमण मुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

त्यस्तै संक्रमणबाट थप २२ जनाको निधन भएको छ । योसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको मन्त्रालयको कोभिड अपडेटमा उल्लेख रहेको छ ।