बुधबार, बैशाख १२, २०८१

काठमाडौं र ललितपुरका प्रहरी प्रमुख सहित दुइ दर्जन भदा बढि SSP को सरुवा

काठमाडौं प्रहरी प्रमुखमा  सिंह र ललितपुर प्रहरी प्रमुखमा  बज्राचार्य

काठमाडौं मंसिर ५,
गृह मन्त्रालयले उपत्यकाका दुई जिल्लाका प्रहरी प्रमुखसहित दुइ दर्जन भदा बढि एसएसपीको सरुवा गरेको छ।  प्रकाशित एसएसपीकोसरुवा लिष्टमा उल्लेख भएअनुसार  काठमाडौं प्रहरी प्रमुखमा अशोक सिंह र ललितपुर प्रहरी प्रमुखमा किरण बज्राचार्यको सरुवा भएको हो।

यसअघि सिंह प्रधान कार्यालय र बज्राचार्य महानगरीय प्रहरी कार्यालयमा कार्यरत थिए। हाल काठमाडौंमा श्यामलाल ज्ञवाली र ललितपुरमा टेकप्रसाद राईको कमाण्ड रहेको थियो

यस्तो छ दुइ दर्जन भदा बढि एसएसपीको सरुवा लिष्ट

त्यस्तै महानगरीय ट्राफिक महाशाखामा एसएसपी जनक भट्टराईको सरुवा भएको छ । भट्टराई प्रहरी प्रधान कार्यालयमा तालिम महाशाखामा कार्यरत थिए । यसअघि ट्राफिक महाशाखाको जिम्मेवारी  वहन गर्दै आइरहेको भिम ढकाललाइ प्रहरी मुख्यालय तानिएको छ ।