शुक्रबार, बैशाख १४, २०८१

अमेरिकी निर्वाचन : डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेन विजयपथमा

समाचार एजेन्सी, कार्तिक २०,

विश्वको नै ध्यनाकर्षण भइरहेको अमेरिकी राष्ट्रपतिय निर्वाचन अन्र्तगत पछिल्लो निर्वाचन मतपरिणाम अनुरुप डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेन विजयको मार्ग प्रसस्त गर्ने आधार तय भएकोछ अ यद्यपी अझै पनि मतपरिणाम कसको पोल्टामा पर्ने हो त्यसको आंकल भने गर्न नसकिनिे समाचार एजेन्सीहरुले जनाएको छ।

समाचार एजेनसीका अनुसार प्राप्त पछिल्लो मतपरिणाम अनुसार पूर्व उपराष्ट्रपति जो वाइडेनको विजय शुनिश्चताका लागि छ वाइडेन राष्ट्रपतिमा निर्वाचितहुन आवश्यक २७० इलेक्टोरल मतमध्ये २६४ प्राप्त गरिसकेका कारण मत परिणाम आउन बाँकी ४ वटा राज्यबाट छ मत मात्र प्राप्त भएको अवस्थामा निर्वाचित हुने प्राय निश्चित भएको छ । राष्ट्रपति ट्रम्पले भने हालसम्म २१४ इलेक्टोरल मत प्राप्त गरेका छन ।

मत परिणाम आउँन बाँकी राज्यमा क्रमस नेभाडा, जर्जिया, नर्थ क्यारोलिना र पेन्सिलभेनियामा रहेका छन । त्यस्तै यी राज्यबाट आउने सवै इलेक्टोरल मतमध्ये ५ मत मत मात्र प्राप्त भएको अवस्थामा वाइडेनले विजय हातपार्ने छन ।