बुधबार, बैशाख २६, २०८१

वीरको आकस्मिक कक्षमा कार्यरत १६ मेडिकल अधिकृतको सामुहिक राजिनामा

काठमाडौं कार्तिक १९,
वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत १६ जना मेडिकल अधिकृतले सामुहिक राजिनामा दिएका छन् । अस्पताल प्रशासनले जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, माग अनुरुपको कुनै सेवा सुविधा उपलब्ध नगराउनुको अलावा सुरक्षामा समेत कुनै चासो नदिएको भन्दै सामुहिक राजिनामा दिएको उनीहरुले बताएका छन् ।

त्यस्तै पटकपटक अस्पतालका निर्देशकलाई माग सुनवाइ गर्न आग्रह गर्दापनि वेवास्ता गरेको बताउदै ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले बाध्यभएर राजीनामा दिनु परेको जनाउ दिएका छन

यी हुन सामुहिक राजिनामा दिने मेडिकल अधिकृत  :

यस सम्बन्धमा अस्पताल प्रशासनसंग सम्पर्क गर्दा प्रशासनले डाक्टरहरुको मागका विषयमा छलफल चलिरहेको जानकारीदिएका छन ।