शुक्रबार, बैशाख १४, २०८१

विप्लवद्दारा सरकार विरुद्ध ५ दिने संघर्षका कार्यक्रम घोषणा

काठमाडौं कार्तिक ५ ,

राज्यद्दारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । विप्लवले बुधबार प्रेस विज्ञप्तिमार्फत सरकार विरुद्ध ५ दिने संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

त्यस्तै कात्तिक १५ गतेदेखि २० गतेसम्म सञ्चालन गर्नेगरी घोषित कार्यक्रममा कोणसभा , पर्चा वितरण संगै विरोध जुलुस लगायतका कार्यक्रम रहेका छन ।

त्यस्तै जारी विज्ञप्तिमा सरकारले कोभिडको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेर जनताको स्वास्थ्यमा खेलवाड गरेको आरोप सहित आम नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गरिनुपर्ने, कोरोना महामारीको नाममा भ्रष्टाचार र व्यापारिकरण बन्द गरिनुपर्ने र भ्रष्टाचारीलाई कारबाही गर्न माग गरिएको छ ।