शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं प्रशासनले असोज ४ बाट यसरी गर्दैछ सेवा प्रवाह

काठमाडौं असोज १,
काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोभिड जोखिमसंगै जारी बन्दाबन्दीका कारण कार्यालयका तर्फबाट बाट प्रवाह गरिने स्थगित सेवाहरु असोज ४ गते आइतबारदेखि पुनः सञ्चालन गर्ने भएको छ ।  प्रशासन कार्यायले आज एक सूचना जारी गर्दै गत साउन २५ बाट स्थगन गरिएका सेवाहरु सञ्चालनगर्ने जनाएको हो ।

त्यस्तै जारी सूचनामा कार्यालयमा भिड हुन नदिन प्रशासनले नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपी, नाबालिग परिचयपत्र, राहदानी, हातहातियार दर्ता नवीकरण सेवा लगायतका सेवा प्रवाहको क्रममा आइतवार , मंगलवार र विहिवार काठमाडौं महानगरपालिका केन्द्रीत हुने त्यस्तै सोमबार किर्तिपुर नार्गाजुन नगरपालिका केन्द्रीत हुने त्यस्तै बुधवार र शुक्रवार क्रमस बुढानिलकण्ठ, टोखा, कागेश्वरीमनहरा, गोकर्णेश्वर , शंखरापुर, दक्षिकाली र तारकेश्वर नगरपालिकाको कामकारवाही सम्पादन हुने जनाएकोछ ।

त्यस्तै संस्था दर्ताको सोमबार र बुधबारमात्र,नवीकरण आइतबार, मंगलबार र बिहीबार हुनेछ । पत्रपत्रिका र छापाखाना दर्ता र विधान संशोधनको काम शुक्रबार मात्रै हुने जनाएकोछ ।  साथै संघसंस्थाको प्रतिलिपि पत्रचारसम्बन्धी सेवा भने प्रत्येक दिनको ४ बजेपछि मात्र गरिने जनाउदै जारी सूचनामा प्रशासन कार्यालयले शान्ति सुरक्षाको निवेदन र कानुन बमोजिम हुने मुद्दा सम्बन्धी कार्य, सरकारी कार्यालय र आयोजनासँग सम्बन्धित र विपद्व्यवस्थापनको काम भने हप्ताको छ दिन नै सञ्चालन हुने जनाइएको छ ।