शुक्रबार, बैशाख १४, २०८१

सरकारले मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने

काठमाडौं भाद्र ३१ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोभिड परीक्षण नगर्न निर्देशन दिएको छ । यसअघि कोभिड संक्रमणसंग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिदै आएको थियो ।

तर मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत शरिरबाट नमुना निकाली परीक्षण नगर्न नगराउन भनेको भन्दै निर्देशन जारी गरेकोहो । साथै त्यस्ता व्यक्तिको शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने बताएको छ।  मन्त्रालयको निर्देशन अनुरुप अव सरकारले मृत्यु भइभइसकेका हरुको कोभिड परीक्षण नहुने भएको छ ।