शनिबार, बैशाख ८, २०८१

कोभिड कहरकावीच आज विश्वकर्मा पूजा र वास्तु   दिवस विविध कार्यक्रमकावीच मनाइदै

काठमाडौ असोज १,
प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा आज विविध कार्यक्रमकावीच मनाइदै छ । विश्वकर्माको पूजाको दिन आफ्ना सवारी साधन, तथा धातुजन्य मेसिनरी औजार आदिको पूजा गर्ने परम्परा रहेको छ ।

आजका दिन विश्वकर्मा लगायत विभिन्न उपकरणहरुको पूजा गर्नाले वर्षभर त्यसले लाभ दिने जनविश्वास हिन्दू धर्मालम्बीहरुमा रही आएको छ।

त्यस्तै विश्वकर्मा पूजाको दिन आज देशका विभिन्न विश्वकर्माका मन्दिरहरुमा सर्वसाधारणको घुईंचो लागेको छ। त्यस्तै विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । त्यअर्थमा  आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्दछन् ।

तर आज विश्वकर्मा पूजा र वास्तु दिवसमनाउदै गर्दा यस वर्ष कोभिड भाइरसको सङ्क्रमणको जोखिमका कारण सुरक्षित भएर मनाउनुपर्ने अवस्था छ । गत चैत ११ गतेदेखि नै धेरै कलकारखाना बन्द छन् ।