शुक्रबार, बैशाख १४, २०८१

प्रम ओलीको कडा चेतावनी- अर्को चुनावमा आफ्नो मृत्युको कामना गर्नेहरुलाई पत्तासाफ गरिदिन्छु

काठमाडौं भाद्र ४, पछिल्लो समय प्रम ओलीको स्वास्थ्यका बारेमा देशभित्र विभिन्न टिकाटिप्पणी भइरहेको प्रंगमा केन्द्रीत हुँदै आज प्रधानमन्त्री केपी ओलीले गुहमन्त्रालय  द्दारा आयोजित संविधान दिवस र राष्ट्रिय दिवस मूल समारोह समितिको कार्यक्रममा वोल्ने क्रममा आफु उपचारको लागि जाने चर्चा चल्यो कि आफ्नो मृत्युको कामना हुने गरेको  बताउँदै  त्यस्तो कामना गर्नेहरुलाई  उहाँले   लाइ कडा शब्दमा चेतावनी दिएका छन ।

 कार्यक्रममा वोल्दै प्रम ओलीले  संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएकोे नेपालको संविधानले मुलुकको मार्गदिशा तय गरेको बताउँदै संविधान दिवस नेपाली जनताको उत्सवको दिवस भएकै कारण राष्ट्रिय दिवसको रुपमा समेत मनाइन लागको    बताउँनु भएको छ ।साथै हउाँले  संविधान विगतको सङ्घर्ष, इतिहास, बलिदानको उपलब्धिको सङ्ग्रह भएको बताउँदै केन्द्रीय सरकारदेखि प्रदेश सरकार र स्थानीय तहका सबै सरकार र निकायले राष्ट्रिय उत्सवका साथ भव्यरूपमा मनाउनु आवश्यक रहेको बताए । साथै उहाँले असोज २, ३ र ४ गते मनाइने संविधान तथा राष्ट्रिय दिवस सवैमा मनाउँन आव्हान गर्नु भएको छ ।

साथै एक फरक प्रसंगमा वोल्ने क्रमममा उहाँले भने आफू सिंगापुरमा उपचारका लागि जान लागेको र स्वस्थ भई फर्कने र अर्को चुनावमा आफ्नो मृत्युको कामना गर्नेहरुलाई पत्तासाफ गरिदिने अभिव्यक्ति दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

प्रम ओली गत साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्कनुभएको थियो । तर यस वीचमा प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सुझावअनुसार बिहीबार स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर  जान लाग्नु भएको हो ।