शनिबार, बैशाख १५, २०८१

 नेता पौडेलको चेतावनी : काँग्रेसलाइ आन्दोलनको लागि बाध्य पार्ने  काम नर्गनु

आन्दोलनको  ज्वारभाटाले   ओली सरकारको  अराजक प्रवृतिलाइ  नामेट  गर्न कुनै समय नलाग्ने हेक्का  रहोस  

काठमाडौ पुस ३०,  नेपाली काँगैसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा अध्यक्ष केपी ओली नेतृत्वको  वर्तमान सरकार  आफ्नै क्रियाकलापका कारण  असफल भएको आरोप लगाएका छन् । आज काँग्रेस संसदीय दलकको कार्यालयमा  पत्रकार सम्मेलनमा  नेता पौडेलले   सरकारले तनहुँको बेलौरी चौतारीमा रहेको गिरिजाप्रसाद कोइराला श्वाँसप्रश्वास अस्पताल र बाँकेमा रहेको सुशील कोइराला क्यान्सर अस्पताल खारेज गर्ने अन्तिम तयारी गरेकोमा  आक्रोश व्यक्त गर्दै  सरकार यो वा त्यो नाममा  काँग्रेस माथि खनिदै  आएको  सरकारको  कडा  आलोचना गर्दै  भने काँग्रेसको  मौनतालाइ  कमजोरी सम्झने  किमार्थ  कोशिस नगरे हुन्छ  ।

  त्यस्तै सञ्चारकर्मीको  जिज्ञासामा  नेता पौडेलले वाइडबडी प्रकरणमा सभापति देउवा स्वयमले   आफ्नो संलग्नता नरहेको  प्रष्टोक्ति दिइसकेको बताउँदै भने   छानविनमा जोसुकै दोषी भएपनि कारवाही हुनुपर्नेमा आफ्नो अडान अभिव्यक्त गर्नु भएको  छ ।   साथै नेता पौडेले भने सरकार  आफैले  प्रतिपक्षीदललाइ  आन्दोलनको लागि मानसिकता तयार पार्ने  हौस्याइ रहेको  बताउँदै भने काँग्रेस   आन्दोलनको  ज्वारभाटाले   ओली सरकारको  अराजक प्रवृतिलाइ  नामेट  गर्न कुनै समय नलाग्ने  दावी गरे  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174