शनिबार, बैशाख १५, २०८१

बिम्स्टेक शिखर सम्मेलनको आज औपचारिक आरम्भ हुँदै , १६ वटा एजेन्डामा छलफल हुँने

  काठमाडौं भाद्र १४,  बिम्स्टेकको चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी आरम्भ हुने भएको छ ।
प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी ओलीले  होटल सोल्टीमा सम्मेलनको उद्घाटन गर्नुहुँने भएको छ ।

सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुकले भाग लिँदै हुनुहुन्छ भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिनुहुने छ ।  सम्मेलनमा सहभागी हुन मंगलबारनै सदस्य राष्ट्रका सरकार प्रमुखहरु नेपाल आउने क्रम सुरु भएको क्रम आज पनि जारी रहेको छ ।

कनेक्टिभिटी, कृषि, गरिबी निवारण, जनस्वास्थ्य, आतंकवाद, अपराध लगायतका १६ वटा एजेन्डामा छलफल हुँने बताईएको प्रस्तुत सम्मेलनको आरम्भ संगै अध्यक्ष राष्ट्रको हैसियतमा प्रम ओलीले पहिलो र त्यसपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।