शनिबार, बैशाख १५, २०८१

एका विहानै नेता पौडेलको घरमा बम विस्फोट

तनहुँ  मंसिर १६, आज बिहान ४:४० मा नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र न. २ क  उमेदवार एवम् नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलको तनहुँ स्थित निजि निवासमा बम प्रहार भएको छ ।

बम प्रहारका क्रममा मानवीय क्षति नभएपनि नेता पौडेलको घरमा भौतिक क्षति पुगेको छ । प्रदीप पौडेलले चुनाव जित्ने निश्चित जस्तै देखिएपछि विपक्षीले आक्रमण गरेको आशंका गरिएपनि को कसले बम प्रहार ग¥यो भन्ने पुष्टी भइसकेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । यद्यपी प्रहरीले विष्फोट गराउनेको खोजी सहित घटनाको अनुसन्धानलाइ तिव्रबनाएको बताईएको छ ।

गएराति प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास नजिक र ललितपुरको कुपण्डोलस्थित युएन पार्कमा पनि बम विष्फोट भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।