शनिबार, बैशाख १५, २०८१

२ हजार मतदानस्थलका मतपेटिका जिल्ला सदरमुकाममा

 काठमाडौ मंसिर ११ , प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा आइतबार मतदानसम्पन्न ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ४१० मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन भइसकेको निर्वाचन आयोगले जनाएके छ ।
निर्वाचन आयोग, संयुक्त निर्वाचन सन्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार ४० मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको आयोगद्दारा जारी विज्ञप्त्मिा उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा बाँकी ७४१ मतदानस्थलका मतपेटिका पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको र सोमबार अपराह्न ४ बजेसम्म १५ जिल्लाका सबै मतपेटिका आइसक्ने उल्लेख गरिएको छ ।

आयोगका अनुसार मंगलबार साँझसम्म बाँकी मतपेटिका जिल्ला सदरमुकाम आइसक्ने छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर १० गते सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।