शुक्रबार, बैशाख १४, २०८१

सर्वोच्चमा बम आंतक

काठमाडौ मंसिर ५,  सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि आजका लागि तोकिएका सबै इजलास रोकिएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौले अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै ४२८११७३ को ल्यान्डलाइन नम्बरबाट एक अपरिचित व्यक्तिले फोन गरेपछि सर्वोच्च परिसरबाट सबै व्यक्तिलाई बाहिर निकालिएको थियो ।  प्रहरीका अनुसार हल्लापछि सर्वोच्च परिसरभित्र खोजतलास गर्दा केहि नभेटिएको जनाकारी दिदै सेनाको बम डिस्पोजल टोलीसमेत तैनाथ गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।