शुक्रबार, बैशाख १४, २०८१

नेवार समुदायलाइ नेवार भएर अघि बढ्न आग्रह

काठमाडौं मंसिर १० नेपाल सम्बत् ११३८ को उपलक्ष्यमा काठमाडौं महानगरपालिका १३ वडा ग्वाहालि पुचःको आयोजनामा शनिवार का.म.पा. १३ टंकेश्वर तक्तिमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।   

कार्यक्रममा शुभकामना मन्तव्य अभिव्यक्त गर्दै मल्ल के. सुन्दरले  हामी एमाले  भयौं, कांग्रेस भयौं, माओवादी भयौ तर नेवार बन्न नसकेको र नेवारको मुद्धालाई भावनात्मक रुपमा स्वीकार गर्न नसकेका कारण हाम्रो समुदायलाई अघि बढ्न नसकेको बताउँदै नेवार समुदायलाइ नेवार भएर अघि बढ्न आग्रह गर्नु भएको थियो ।

त्यस्तै राजनितिक विश्लेषक सीकेलालले आफ्नो शुभकामना मन्तव्यको क्रममा नेवारहरु पुर्खौंदेखि राजनितिक अधिकारबाट बंचित भइरहेको अवस्थामा अहिले पनि आफ्नो अधिकार लिन संघर्षशील नभएको आगामी दिनमा यो जाति हराउने त हैन भनी आफ्नो आशंका व्यक्त गर्नुभएको उक्त कार्यक्रममा  कामपा वडा न १३ वडाध्यक्ष धुव्रनारायण मानन्धर ,लेखक स्नेश सायमी र पत्रकार एवं विश्लेषक युग पाठक लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।