शुक्रबार, बैशाख १४, २०८१

आसन्न निर्वाचनमा कुन निर्वाचन क्षेत्रमा, कुन उम्मेदवारले बाजी मार्दै छन ?

 काठमाडौंका १० निर्वाचन क्षेत्रका उम्मेदवार:   कसको अवस्था कस्तो ?

श्रीजन झा/ काठमाडौं मंसिर १,

 आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्र्तगत मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पहिलो चरणको चुनाव र त्यसपछि २१ गते ४५ जिल्लामा दोस्रो चरण अन्र्तगतको निर्वाचन हुने भएको छ । मुलत मुलुक निर्वाचनमा होमिदै गर्दा दो्स्रो चरण अन्र्तगतको निर्वाचनमा काठमाडौंका १० निर्वाचन क्षेत्रको चर्चाले अहिले निकै चर्चा परिचर्चा पाउँन थालेको छ ।  यसपटक काठमाडौंको १० निर्वाचन क्षेत्रको ७ निर्वाचन क्षेत्रमा बाम गठबन्धन अन्र्तगत एमालेले ७ जना उम्मेदवारलाइ मैदानमा उतारेका छन भने गठबन्धनका सहयात्री माओवादी केन्द्रले भने ३ निर्वाचनमा आफ्नो उम्मेदवार दिएको छ ।  त्यस्तै विरासत वोकेको पार्टी नेपाली नेपाली काँगसले भने १०निर्वाचन क्षेत्रमध्ये ९ क्षेत्रमा नयाँ पुराना अनुहारलाइ चुनावी मैदानमा उतारेको छ भने निर्वाचन क्षेत्र न ७ मा लोकतान्त्रिक गठबन्धन अन्र्तगत राप्रपाका उम्मेदवारलाइ सहयोग गर्ने भएको छ ।

 त्यस्तै विगतमा काठमाडौंका १० मध्ये ८ निर्वाचन क्षेत्रमा जित हात पारेका काँग्रेसले यसपटक कति निर्वाचन क्षेत्रमा जित हात पार्ने हो वाम गठबन्धनको अगाडि काँग्रेस स्वीफ हुनेत होइन भन्ने जस्ता अनेकन चर्चाले प्राथमिकता पाउँदै गर्दा हामीले लोकतान्त्रिक र वाम गठबन्धनको तर्फबाट उम्मेदवार भएका उम्मेदवारको सवालमा स्थानीय मतदाता एवम् संघसंस्थाका प्रतिनिधीसंग जनमत संकलन गरेका छौ । जनमत संकलनको क्रममा अभिव्यक्त भावना र उम्मेदवारको आनिवानी एवम् विगत वर्तमान र भविष्यका सम्बन्धमा यो रिपोर्ट तयार गरेका छौं ।

प्रतिनिधि सभाका लागि काठमाडौं निर्वाचन क्षेत्र १  :    प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, वाम गठबन्धनबाट अनिलकुमार शर्मा, विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र, नेपाली काँग्रेस (बिपी) बाट हरिबोल भट्टराई, नयाँ शक्ति पार्टीबाट नारायण ढकाललगायत २२ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा मुख्यत नेपाली कांग्रेसका उम्मेदवार सिंह र विवेकशी साझाका उम्मेदवार रविन्द्र मिक्षलाइ प्रतिस्प्रर्धी उम्मेदवारको रुपमा हेरिएको छ ।   त्यस्तै यस क्षेत्रमा अहिले दुईपटक निर्वाचित सिंहलाई बलियो उम्मेदवारकारूपमा हेरिएपनि काँग्रेसको मत साझा पार्टी काँग्रेस विपीका उम्मेदवारले काटिदिए नतिजा फरक ढंगले आउनसक्ने विश्लेषण गरिएको छ ।

यद्यपी काँग्रेसमा उपत्यकाको तर्फबाट संविधानसभाको दुवै चुनावमा निर्वाचित भएका उम्म्ेदावर सिंहले २०६४ सालको चुनावमा नेकपा एमालेका उम्मेदवार प्रदीप नेपाललाई ७ हजार ५ सयभन्दा बढी मतान्तरले त्यस्तै गरि ०७० सालको चुनावमा माओवादीकी उम्मेदवार रेणु दाहाललाई ११ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । तर यसपटक नेता सिंहले विगतको आफ्नो विजय यात्रालाइ निरन्तरता दिन सक्छ या सक्दैन भन्ने सवालमा क्षेत्र न १का स्थानीयले भने यस क्षेत्रमा काँग्रेसको पकडलाइ नेता सिंहले विरासतका रुपमानै जोगाउँदै आएका छन । उनको विजयमा शंका छैन तर यसपटक प्रतिस्प्रर्धी उम्मेदवारको रुपमा विवेकशील साझाका रवीन्द्र मिश्र उम्मेदवार भएका कारण मतान्तर धेरै नहुने जिकिर सहित नेता सिंहले नेता र नेतृत्वमा हुनु पर्ने गुनलाइ सुर्धानुपर्नेमा जोड दिएका छन ।

त्यस्तै बिबिसी नेपाली सेवामा कार्यरत रहदा पाएको चर्चासंगै पत्रकारिताबाट विधा परिवर्तन अर्थात उक्त सेवाबाट वाहिरिदै मुलुकको राजनितिमा होमिएका उम्मेदवार हुन रविन्द मिश्र । काठमाडौं क्षेत्र न १मा उम्मेदवार रहेको मिश्रको अरु भन्दा पनि प्रष्ट वोली त्यस्तै आफ्नो एजेन्दा प्रष्टरुपमा राख्न सक्ने व्यक्तित्व भएकै कारण उनको उम्मेदवारीलाइ अर्थपूर्ण रुपमा हेरिएको छ । भने । काँग्रेस विपिका तर्फबाट हरिवोल भटटराइ नेता भटटराइ लाइ पनि स्थाजित पुराना नेता भन्दै समर्थन गर्ने मतदाताको भिड जुन भिड काँग्रेसका उम्मेदवार सिंहसंग आक्रोशित समुह रहेको भएपनि अन्तमा उनिहरुले काँग्रेस उम्मेदवार सिंहलाइलाइ समर्थन गर्ने छनक पाइन्छ ।

 काठमाडौं निर्वाचन क्षेत्र २ :   निर्वाचन क्षेत्र २मा गठबन्धनका उम्मेदवार रहेका पूर्व प्रम तथा एमालेका नेता माधव नेपालले २०६४ सालमा को निर्वाचनमा माओवादी उम्मेदवारसँग पराजित भए पनि दोस्रो संविधानसभाको चुनावमा भने काठमाडौं २ बाट निर्वाचित भएको र पछि काठमाडौं २ त्यागेर रौतहट १ को प्रतिनिधित्व गरेको भन्दै रुष्ट स्थानीय मतदाताले संविधानसभाको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार – दीपक कुँइकेललाइ भारी मत प्रदान गर्दै उम्मेदवार कुँइकेल लाइ विजयी गराएका थियो । प्रस्तुत निर्वाचनमा उम्मेदवार कुइकेलले नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई ५ हजारको हाराहारीको मतान्तरले पछि पार्दै जित हात पारेका थिए ।

अहिले निर्वाचन क्षेत्र २ मा उनै कुइँकेल नेपाली काँग्रेसको तर्फबाट गठबन्धनका उम्मेदवार माधव नेपाल संग चुनावी प्रतिस्प्रर्धा गर्दै छन । यसवीचमा काँग्रेस निकट मतदाताका अनुुसार यसपटक पनि मतदाताको मनोभावना तिरस्कार गर्ने नेपाललाइ भन्दा कुइकेलनै रोजाइको उम्मेदवार बन्ने वातावरण बन्दै गएको बताएपनि गठबन्धन समर्थकले भने निर्वाचन क्षेत्र न. २ विगतमा लाल किल्ला थियो र यो विरासत पुन कायम हुने दावी गरेका छन ।  त्यसोत यस क्षेत्रमा विवेकशील साझाका उम्मेदवार सूर्यराज आचार्य लाइ पनि यस क्षेत्रमा नरुचाईएको होइन तर प्रमुख दलको अगाडि उनको चर्चा गौण रहेको पाइयो ।

काठमाडौं निर्वाचन क्षेत्र ३:  निर्वाचन क्षेत्र न ३ मा वाम गठबन्धनको तर्फबाट काठमाडौं एमालेका अध्यक्ष समेत रहेका एमालेका  उम्मेदवार कृष्ण राई र बहालवाला सहकारी तथा गरिबी निवारण मन्त्री रहेका कांग्रेसका उम्मेदवार अम्बिका बस्नेत चुनावी मैदानमा रहेका छन ।  यसअघिको संविधानसभाका लागि कांग्रेसको समानुपातिक सूचीबाट सभासद बनेकी मन्त्री बस्नेत र एमालेको संगठनमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका उम्म्ेदवार राइ वीचनै प्रतिस्प्रर्धा हुने देखिन्छ । त्यसोत निर्वाचन क्षेत्रन ३ मा यअघि एमाले विजयी हात पारेको क्षेत्र भएकाले पनि यसक्षेत्रमा हुने प्रतिस्प्रधा आफैमा रौनक हुने बताईएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र ४ :  काठमाडौ क्षेत्र न ४ मा काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री तथा लोकप्रिय छबिका उम्म्ेदवार गगन थापा त्यस्तैगरि परराष्ट्र विज्ञ एवम् तत्कालीन प्रधानमन्त्री माधवनेपालका परराष्ट्र सल्लाहकार डा. राजन भटटराइ त्यस्तै गरि विवेकशील साझा–विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य सुबुना बस्नेत चुनावी मैदानमा रहेका छन ।यस क्षेत्रमा काँग्रेसका उम्मेदवार थापाले निर्वादरुपमा वाजी मार्ने स्थानीय मतदाताको आंकल रहेको छ । उम्मेदवार थापाले दोस्रो संविधानसभामाको निर्वाचनमा तत्कालीन माओवादीका उम्मेदवार र हालका वहालवाला उपराष्ट्रपति नन्दबहादुरलाइ भारी मतान्तरमा पराजित गरेका थिए । साथै उम्मेदवार थापाले पछिल्लो पटक स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा मुलुको स्वास्थ्य क्षेत्रमा नयाँ आयामनै सिर्जना गरेका कारण अन्न उम्मेदवारको तुलनामा उहाँ क्षेत्र ४ का जनताको पहिलो रोजाइ बन्न सकेको हो । त्यस्तै गठबन्धनका उम्मेदवार भट्राइ र साझाकी उम्म्ेदवार बस्नेतले पनि आफ्नो पक्षमा माहौल बनाउँन हरसंभव प्रयास गर्दै आफ्नो चुनावी अभियानलाइ निरन्तरता दिदै आएको छ ।

  काठमाडौं निर्वाचन क्षेत्र ५:    काठमाडौं निर्वाचन क्षेत्र न ५ मा कांग्रेसका उम्मेदवार नरहरि आचार्यले हाल .एमालेका महासचिव समेत रहेका वाम गठबन्धनका उम्मेदवार ईश्वर पोखरेललाइ पहिलो र दोस्रो संविधानसभाको चुनावमा दुवै पटक यसै क्षेत्रबाट भारी मतान्तरमा पराजित गरेका थिए ।  तर यस पटक काँग्रेसले निर्वाचन क्षेत्र न ५ मा पहिलो र दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सभासद बनेका केन्द्रीय सदस्य डा। प्रकाशशरण महतलाइ उम्मेदवार बनाएको छ । पछिल्लो पटक  ०७३ सालमा प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेका उम्मेदवार महतले अहिलेसम्म संसदीय चुनावको फेस गरेका छैनन । त्यस अर्थमा पनि अहिलेको निर्वाचनमा डामहतको लागि निकै जोखिम पूर्ण रहेको स्थानीय मतदाताको भनाइ रहेको छ ।   साथै विगतमा नरहरि आचार्यले कायम गर्दै आएको काँग्रेसको विरासतलाइ  जोगाउनुपर्ने उनको बाध्यता रहेको छ ।  त्यस्तै यसै क्षेत्रबाट प्रत्यासी रहेका विवेकशील साझाका उज्ज्वल थापा यसअघिको निर्वाचनमा समेत पराजित भएका थिए। यसपटक पनि उनको खासै चर्चा नभएको स्थानीय मतदाताको अभिव्यक्ति रहेको छ । जसरी काठमाडौं क्षेत्र न १मा थापा संयोजक रहेका विवेकशील साझा पार्टीका उम्मेदवार रविन्द्र मिश्रको चर्चा छ त्यति चर्चा पनि थापाले बनाउँन नसकेका कारण क्षेत्र न ५ मा काँग्रेस वाम गठबन्धनको नै प्रतिस्प्रर्धी   हुनुको अलावा वाम गठबन्धनको प्रभाव बलियो देखिएको छ ।

काठमाडौं निर्वाचन क्षेत्रन ६ :  यस क्षेत्रमा प्रधानमन्त्री देउवा नेतृत्वको बहालवाला रक्षा मन्त्री – भीमसेनदास प्रधान र वाम गठबन्धनबाट झक्कु प्रसाद सुवेदी वीच चुनावी प्रतिस्प्रर्धा हुने भएको छ । पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन माआृवादी उम्मेदवार हितमान शाक्यले बाजी मारेको यसक्षेत्रमा दास्रो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईलाई पराजित गर्दै काँग्रेसका भीमसेनदास प्रधान निर्वाचित भएको थियो ।

यस निर्वाचन क्षेत्रमा मुलत काँग्रेसकै उम्मेदवारको वर्चश्व देखिएको छ । वाम गठबन्धनका उम्म्ेदवार सुवेदी निर्वाचन क्षेत्र न ६ का लागि नयाँ अनुहार भएका कारण पनि काँग्रेसलाइ सहज भएको एक जमात स्थानीय मतदाताको बुझाइ रहेको छ यहि क्षेत्रका हर्को जमात मतदाताको भने काँठमाडौं काँग्रेसका सभापति पनि यस क्षेत्रमा आकंक्षी रहेको र उनले टिकट नपाएपछि स्थिती केहि विग्रेको जिकिर गरेका छन ।

काठमाडौं निर्वाचन क्षेत्र न ७:  यस निर्वाचन क्षेत्रमा बामगठबन्धनको तर्फका उम्मेदवार एमालेका रामविर मान्नधर लाइ बलियो उम्मेदवारका रुपमा हेरिएको छ । उनको अनुपातमा काँग्रेस गठबन्धनबाट उम्मेदवार बनेका विक्रम थापा यस क्षेत्रका लागि नयाँ अनुहार त्यसमाथि पनि विगतमा पनि एमालेकै उम्मेदवार निर्वाचित भएको क्षेत्र भएका कारण यहाँका जनताले उम्मेदवार मानन्धरको विकल्प  खोजीसकेका छैन । तर रात रहे अग्राख पलाउँछ भने जस्तै  समाजकल्याण मन्त्री रहेका थापा पुराना र अनुभवी राजनीतिज्ञ भएकाले उनी मानन्धरका लागि कमजोर उम्मेदवार भने पक्कै होइनन्। त्यस्तै चर्चित कांग्रेस नेता वीरेन्द्रभक्त श्रेष्ठकी छोरी अनुपा श्रेष्ठ यसपटक यहाँ विवेकशील साझाको उम्मेदवारको रुपमा खडा भएकी छिन ।  उम्मेदवार श्रेष्ठ महिला भएकै कारण मतदाताको रुचीमा पर्न सफल उम्मेदवार भएको चर्चा पनि चल्न थालेकाले यस क्षेत्रमा त्रिकोणात्मक भिडन्तको संभावना वलियो रहेको देखिन्छ ।

काठमाडौं निर्वाचन क्षेत्र न ८:  प्हिलो संविधानसभा र दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेस उम्मेदवार एवम् पूर्व उद्योगमन्त्री नविन्द्र जोशीले बाजी मारेको यस क्षेत्रमा वाम गठबन्धनको तर्फबाट पुरानै उम्मेदवार जीवनराम श्रेष्ठलाईलाइ अगाडि सारिएको छ । विगतमा वामपन्थी मत छरिएर रहेका कारण सहज जित हात पार्न सफल भएको काँग्रेसलाइ वाम गठबन्धन भएकै कारण यस पटक भने थप मेहनत गर्नु पर्ने देखिएको छ । यद्यपी विगतको निर्वाचनमा प्राप्त मतान्तर हेर्ने हो भने काँग्रेसको विरासत जोगाउँन त्यति समस्या नभएको तर प्रतिवद्धता पूर्वक गठबन्धन लागि पर्यो भने स्थिती यसै हो भन्न नसकिने स्थानीय मतदाताको बुझाइ रहेको छ । त्यस्तै मालेका तर्फबाट मनोज नेवा, वैकल्पिक राजनीतिक अभियानमा सक्रिय विवेकशील साझाको तर्फबाट – पुकार बम लगायतका उम्मेदवारले पनि आफ्नो साख जोगाउँन काँग्रेसकै मत काट्ने देखिन्छ । यस अर्थमा काठमाडौं निर्वाचन क्षेत्र ८को चुनावी भिडन्त पनि रोचक बन्ने देखिएको छ ।

 काठमाडौं निर्वाचन क्षेत्र न ९:  बमगठबन्धनको तर्फबाट एमालेका कृष्णगोपाल श्रेष्ठ उम्मेदवार रहेको यस क्षेत्रमा कांग्रेसका– ध्यानगोविन्द रञ्जितले विगतको निर्वाचनमा लगभग १४ सयको मतान्तरमा पराजित उनै श्रेष्ठलाइ निर्वाचित गर्दै संविधानसभा सदस्य बन्ने अवसर प्राप्त गरेका थियो ।   तर यसपटक एकातर्फ वाम गठबन्धन अर्को तर्फ काँग्रेस उम्मेदवार रञ्जित प्रति स्थानीयको तिव्र असन्तोषका कारण काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका रञ्जितको अवस्था त्यति सहज नभएको बुझिएको छ । त्यस्तै यस क्षेत्रमा विवेकशील साझाको तर्फबाट – मिलन पाण्डे उम्मेदवार रहेका छन । उम्ेदवार पाण्डे प्रति बढ्दो युवा मतदाताको झुकावलाइ समेत अर्थपूर्ण रुपमा हेरिएको यस क्षेत्रमा यसपटक बाम गठबन्धनको प्रभाव बढ्न सक्ने अनुमान गरिएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र न १०:  यस निर्वाचन क्षेत्रमा काँग्रेसको तर्फबाट बहालवाला युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी र वाम गठबन्धनको तर्फबाट हितमान शाक्य उम्मेदवार रहेका छन । विगतको निर्वाचनमा काँग्रेस उम्मेदवार केसी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाइ पराजित गरेका कारण चर्चाको चरम चुलीमा रहदै कार्यकर्तावृतमा बुरुक बुरुक हुनु त्यस्तै यसवीचमा मन्त्री केसीबाट त्यति आशातित काम नभएको भन्दै इतरका केहि समूह आक्रोस रहनु जस्ता कारण र गठबन्धनका कारण केहिहदसम्म स्थिती असहज महसुस गरिएपनि काँग्रेसको सेफजोनका रुपमा निर्वाचन क्षेत्र न १०लाइ हेरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।