शुक्रबार, चैत्र १६, २०८०

उम्मेदवारको हत्या गर्ने मनसायले गरिएको आक्रमणको काँग्रेसद्दारा भत्र्सना

 घटनामा संलग्न व्यक्तिलाई तत्काल कडा कारबाही गर्न र घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग 

काठमाडौं मंसिर १ , प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ नुवाकोटमा कांग्रेसका उम्मेदवार, केन्द्रीय सदस्य एवंपूर्वमन्त्री डा।रामशरण र सोही क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रमेशकुमार महतमाथि चुनावी प्रचार–प्रसारको क्रममा नेताद्दय चढेको गाडीलाइ लक्षित गरि प्रेसरकुकर बम विस्फोट गराईएको छ ।  बम विस्फोट परी कार्यकर्ता चढेको एउटा गाडी ध्वस्त भएको छ ।भने उपेन्द्र मिश्र, सुवेष तामाङ र रामबहादुर राईलयातका कार्यकर्ताहरु घाइते भएका थियो ।

यसैवीच नेपाली कांग्रेसले पार्टीका नेताद्वय डा। रामशरण महत र रमेशकुमार महतमाथि नुवाकोटमा भएको बम आक्रमणप्रति निन्दा र भर्त्सना गर्दै उम्मेदवारको हत्या गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणले शान्तिपूर्णरुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकारमाथि ठाडो हस्तक्षेप भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  त्यस्तै काँग्रेसप्रतिको जनलहरबाट अत्तालिएर आपराधिक घटनामा संलग्न व्यक्तिलाई तत्काल कडा कारबाही गर्न र घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031