शुक्रबार, बैशाख १४, २०८१

आज यमपञ्चकको दोस्रो दिन कुकुरको पूजाआजा गरी मनाइदै

 काठमाडौ कार्तिक १,  आज यमपञ्चकको दोस्रो दिन घर घरमा सुरक्षा गर्ने कुकुरको पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कुकुर तिहारका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ। जसअनुसरार आजको दिन कुकुरको पूजा गरेमा यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ ।

यसरी पौराणिक कालदेखि नै महत्वको चुचुरोमा रहदै भगवान भैरवको वाहनका् प्रारुपमा पुजिदै आएको कुकुरको उच्चतम महत्वको सास्वतपक्ष होस वा यम पञ्चक अन्र्तगत कुकुर तिहारमा पुजिदै आएको पक्षहोस मानविय जिवनसंगअत्यन्त नजिक बफादार मानिएका कुकुरको महत्वलाइ सर्वत्र स्वीकार गरिएको छ ।

यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ। कुकुर यमराजको अर्को प्रीय भक्त हो। कुकुरलाई आज्ञापालक एवम् रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ। कुकुरले घरको रेखदेख तथा चोर डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ।