शुक्रबार, बैशाख १४, २०८१

सर्वोच्चको आदेश कार्यान्वयनको लागि आयोगद्दारा ७ सदस्यीय समिति गठन

 काठमाडौ कात्तिक ५,   निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश कार्यान्वयनको लागि आयोगका सहसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।

 आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीको दुईवटा मतपत्र एउटा सीटमा र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको दुईवटा मतपत्र अर्को सीटमा गरी दुवै सभाका सदस्यको निर्वाचनका लागि एकै सीटमा दुई÷दुईवटा मतपत्र छाप्ने आयोगको निर्णय विरुद्ध सर्वोच्चमा परेको मुद्धा र उक्त मुद्धा उपर सर्वोच्चबाट भएको आदेश दृष्टिगत गर्दै आयोगले एकै सीटमा दुईवटा मतपत्र भएको निर्णय र तयारी सम्बन्धमा अध्ययन, परामर्श सहित प्रतिवेदन पेश गर्न कात्तिक ३ गते बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।