शुक्रबार, बैशाख १४, २०८१

प्रजातन्त्रलाई संस्थागत गर्न काँग्रेसलाई जिताउनुको विकल्प छैन :नेता सिंह

  • पार्टीमा दुःख गरेका व्यक्तिलाई नेतृत्वले उच्च मूल्याङ्कन गर्नुपर्नेमा नेता जोशीको जोड

  •  राम्रा र जनमुखी कामलाइ जनतामाझ फेहरिस्त राख्दै जनताको मन जित्न जरुरी : गगन

  •  नअल्झी एक ढिक्का भएर अगाडि बढ्न सके वाम गठबन्धनले कुनै असर गर्दैन :नेता केसी

  •  काँग्रेस एक हुनुको विकल्प छैन:  नेतृ बस्नेत

  •  स्थानीय तहको नतिजालाई आत्मसात् गरी प्रदेश र केन्द्रमा टिकट वितरण गर्नुपर्नेमा केन्द्रयि सदस्य रञ्जितको जोड

  •  टिकट पाउने व्यक्तिविरुद्ध टिकट नपाउने व्यक्तिको समूह लाग्ने प्रवृत्तिको अन्त्य हुन आवश्यक

काठमाडौ असोज २६ , आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाइ दृष्टिगत गर्दै काठमाडौं काँग्रेसले आज राजधानीमा आयोजना गरेको आयोजना ‘समृद्ध नेपाल निर्माणको आधार : सङ्घ र प्रदेशमा काँग्रेसको सरकार’ विषयक काठमाडौँ जिल्ला अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

भेलालाइ सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुक लोकतान्त्रिक व्यवस्थाबाट अगाडि बढिरहेको बेला साम्यवादी व्यवस्था किमार्थ लागू हुन नसक्ने जनाउ दिदै दोस्रो संविभानसभाको निर्वाचनमा काठमाडौंमा ८ क्षेत्र जितेको काँग्रेसले स्थानीय तहमा हार व्यहोर्नु दुःखद घटना भएको बताउँदै प्रजातन्त्रलाई संस्थागत गर्न काँग्रेसलाई जिताउनुको विकल्प नभएको बताउँनु भएको छ ।

त्यस्तै काँग्रेस केन्द्रीय सदस्य समेत रहेको पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले पार्टीमा दुःख गरेका व्यक्तिलाई नेतृत्वले उच्च मूल्याङ्कन गर्नुपर्ने धारणा अभिव्यक्त गर्नु भएको उक्त कार्यक्रममा काँग्रेसले गरेका राम्रा र जनमुखी कामलाइ जनतामाझ फेहरिस्त राख्दै जनताको मन जित्न जरुरी रहेको बताउँनु भएको थियो ।  युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले काँग्रेस गुट उपगुटमा नअल्झी एक ढिक्का भएर अगाडि बढ्न सके वाम गठबन्धनले कुनै असर नगर्ने बताउँदै गर्दा सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले पनि वाम गठबन्धनलाइ पराजित गर्न पनि काँग्रेस एक हुनुको विकल्प नभएको बताउँनु भएको थियो ।

 त्यस्तै गरि काँग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले स्थानीय तहको नतिजालाई आत्मसात् गरी प्रदेश र केन्द्रमा टिकट वितरण गर्नुपर्नेमा जोड दिनु भएको उक्त भेलामा काठमाडौं काँग्रेसका सभापति सबुज बानियाँले टिकट पाउने व्यक्तिविरुद्ध टिकट नपाउने व्यक्तिको समूह लाग्ने प्रवृत्तिको अन्त्य नभएसम्म काँग्रेसले काठमाडौँमा जित्न त्यति सहज नभएको बताउँनु भएको थियो ।