शुक्रबार, बैशाख ७, २०८१

वाम गठबन्धनमा असन्तोषका लहर, निर्वाचन क्षेत्र र सिट बाँडफाँड गठबन्धनको लागि भालुको कम्पट बन्दै

काठमाडौं असोज २६, आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एवम्  बृहत् कम्युनिष्ट पार्टी निर्माण अन्र्तगत सुरु भएको वाम एकता अभियान अभियानमानै सिमित हुँने लक्षण क्रमस रेखाहरु देखिदै छ ।  ताम झामका साथ घोषणा गरिएको वाम एकता अन्र्तगत आसन्न निर्वाचनको लागि सिट बाँडफाँडमा चुलिदै आएको विवादका कारण एकता अभियानमा समाहित दलीय नेतामा दिनानुदिन असन्तोषका लहर सिर्जना हुँदै आएको गठबन्धनको  क्रियाकलापलाइ नगिचबाट अध्येयन गरिहेका विश्लेषकले   यस्तै अवस्था रहने हो भने गठबन्धन आफैमा निष्प्रभावि हुने अड्कल  सहित  अहिले  निर्वाचन क्षेत्र र सिट बाँडफाँड गठबन्धनको लागि भालुको कम्पट बन्दै  गएको बताएका  छन ।

विश्लेषहरुका अनुसार एकातर्फ प्रमुख गठबन्धनका प्रमुख शक्ति माओवादी केन्द्र एमालेवीच जारी वार्ता र संवादले निर्वाचन क्षेत्र र सिट बाँडफाँड टुंग्याउन नसक्नु प्रत्येक निर्वाचन क्षेत्रमा आआफ्नो दलीय स्वार्थ हावी रहनु त्यस्तै आफ्नो अस्तित्व जोगाउँन गठबन्धनमा समाहित भएको पूर्व प्रम वावुराम भटटराइ नेतृत्वको नयाँशक्ति पार्टी , राजमो माले लागयतले पाउँने सिट सख्याको विषमा कुनै सम्बोधन नहनु जस्ता अनेकन कारणले गर्दा नेताहरुमा तिव्र असुतुष्टि सिर्जना भए पनि खुलेर वोल्न नसकेको ठहर गरेका छन ।

त्यसो त नेताहरुले सिटसख्या विवाद नभएको जनाउ दिएपनि निर्वाचन क्षेत्र बाँडफाँडका लागि गठित कार्यदलका सदस्यले नै छलफल सहमति नगिच पुगे पनि हालसम्म त्यस्तो कुनै नितिगत निर्णय हुँन नसकेको बताउँदै आएको पक्षलाइ हेर्ने हो भने पनि गठबन्धनका ठूला दल र सानादल वीच तारतम्य मिल्न नसकेको बताइएको छ ।  यद्यपी आज पनि कार्यदलको बैठक बस्ने पूर्वसहमतिअनुसार ६०/४० को अनुपातकै आसपासमा सिट बाँडफाँड गर्ने तयारी रहेको बताईएपनि गठबन्धनमा समाहित वाम घटक एकले अर्कोलाइ गर्ने विस्वासमा संकट देखिएको बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30