सोमवार, बैशाख २४, २०८१

जोर्नीको दुखाईलाइ हेलचक्र्याइ नगर्न डा. गुप्ताको आग्रह

विविध कार्यक्रम सहित विश्व बाथरोग दिवस मनाइयो

 काठमाडौं असोज २७, विश्व बाथरोग दिवस नेपालमा पनि विभिन्न विभिन्न  कार्यक्रम सहित मनाइएको छ । ‘डन्ट डिले, कनेक्ट टुडे’ नाराका साथ मनाईएको यो दिवसको अवसरम विहिवार नर्भिक अस्पताल र अल्का अस्पतालबाट शुरु भएको जनचेतनामूलक प्रभातफेरीबाट सुरु गरिएको थियो ।

दिवसकै अवसरमा आयोजित एक विशेष कार्यक्रमलाइ सम्बोधन गर्दै बाथरोग विज्ञ डा.अरुण गुप्ताले नेपालमा हड्डी खिइने समस्यालाइ दृष्टिगत गर्दै कनैपनि जोर्नीको दुखाई लाइ हेलचक्र्याइ नगर्न आग्रह गर्दै वाथ ररोग र यसको उपचार सम्बन्धि जानकारी दिनु भएको थियो ।