शनिबार, बैशाख ८, २०८१

निर्धारित मितिमै निर्वाचन

  •  कपोकल्पित हल्लाको पछि नलाग्न  प्रम देउवाको आग्रह

  • राष्ट्रिय सभा निर्वाचन ऐन तीनदलीय सहमतिमा बनाइने

काठमाडौ असोज २७, आगामी मंसिर १० र २१ गतेका लागि तोकिएको निर्वाचन सोही मितिमै सम्पन्न गर्न प्रमुख तीन दल एकमत भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा विहिवार बसेको नेपाली काँग्रेस, नेकपा एमाले र नमाओवादी केन्द्रको संयुक्त बैठकपछि तीनदलीय सहमति बनेको हो । त्यस्तै बैठकमा मा

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सार्ने तयारीमा सरकार रहेको भनी आएका समाचार निराधार रहको जनाउ दिदै आफु हरहालतमा निर्धारित निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउँदै कपोकल्पित हल्लाको पछि नलाग्न आग्रह गर्नु भएको बैठकमा सहभागी एक नेताले बताए ।  त्यस्तै प्रमुख दलहरुवीच राष्ट्रिय सभा निर्वाचन ऐनका सवालमा भने विचार बाँझेपछि प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहालवीचको बैठकले राष्ट्रिय सभाको विषयलाई अन्तिमरुप दिने सहमति भएको बुझिएको छ ।