बिहिबार, बैशाख २०, २०८१

मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीलाइ निर्वाचन क्षेत्रमा नजान आयोगको आग्रह

काठमाडौं भाद्र ३०,  निर्वाचन आयोगले प्रदेश न २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा जिल्लामा आफ्नो मताधिकार प्रयोग गर्नु नपर्ने नेपाल 530pressreleasesecondसरकारका मन्त्रीलाई उपस्थित नभइदिन आग्रह गरेको छ ।  आयोगले आज वित्रप्ति जारी गर्दै मतदानमा आफ्नो मताधिकार प्रयोग गर्न सम्बन्धित जिल्लामा रहनुपर्ने मन्त्रीबाहेक अन्य मन्त्रीको उपस्थितिले निर्वाचनमा स्वच्छता, निष्पक्षता र स्वतन्त्रतामा आँच पुग्नसक्ने जनाउँदै आयोगले मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीलाई निर्वाचन हुने जिल्लामा उपस्थित नभइदिन आयोगले अनुरोध गरेको हो ।

त्यस्तै वित्रप्तिमा निर्वाचन आचारसंहिता उल्लंघन नहुने गरी मताधिकारको प्रयोगका लागि आफ्नो मतदान केन्द्र रहेको जिल्लामा मन्त्रीको उपस्थित हुनु स्वाभाविकै भएको जनाउँदै आयोगले शुक्रबार राति १२ बजेपछि निर्वाचनको मौनअवधि सुरु हुने भएकाले मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीलाई जिल्लामा उपस्थिति अनुरोध गरी त्यसको जानकारी आयोगमा गराउन आयोगले बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, महोत्तरी, धनुषा र सप्तरी जिल्लाका प्रजिअलाई पत्राभार गरेको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031