शुक्रबार, बैशाख २१, २०८१

राहत कोषमा २ अर्ब १२ करोड रुपैयाँ, बाढी पिडित भोकभोकै

काठमाडौं श्रावण ३१ , सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएको छ । तर बाढीपीडित जस्ता प्राकृतिक विपतमा परेका हजारौं जनता चिसो र भोकबाट IMG_2599निरन्तर पीडित बन्ने गरेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोषमा २ अर्ब १२ करोड रुपैयाँ छ ।
कोषमा देशभित्र र बाहिर रहेका विभिन्न समुह र सर्वसाधारणले दिएको रकम जम्मा भएको हो । त्यसैगरी देशका ७५ जिल्लामा शाखा रहेको केन्द्रीय विपद् उद्धचार तथा राहत समितिमा समेत करोडौं रुपैयाँ जम्मा भएकोखवर आजको नागरिकमा प्रकाशित रहेको छ ।