शनिबार, बैशाख ८, २०८१

राजधानीमा गुड्दागुड्दै गरेको गाडीबाट शृंखलाबद्ध चोरी,चोरी गर्ने संगठित गिरोह नै सक्रिय

काठमाडौं श्रावण २७,  गुड्दागुड्दै गरेको गाडीबाट शृंखलाबद्ध चोरीका घटना हामीले धेरै फिल्ममा मात्र देखेका छौँ । तर, काठमाडौंमा यसरी चोरी गर्ने संगठित गिरोह नै सक्रिय रहेको पाइएको छ । गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको खवर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित रहेको छ ।  मूलवीर विश्वकर्मा र राजन खड्का जगदम्बा ग्रुपको पेप्सीकोलास्थित गोदामबाट मार्लबोरो चुरोट लिएर गत १२ साउनमा महाराजगन्ज पुगे । सामान झार्ने क्रममा Captureआठ कार्टुन चुरोट गायब थियो । गोदाममा चारजना मिलेर सामान एक–एक हिसाब राखेरै अनलोड गरे । मिनीटाटाको पछाडि ताल्चा लगाएरै महाराजगन्जसम्म सामान पुर्‍याए ।

गाडी कतै रोकिएको पनि थिएन । तर, बाटैमा सामान रहस्यमय तरिकाले हरायो । हराएको आठ कार्टुन चुरोटको होलसेल मूल्य ६ लाख ९६ हजार रुपैयाँ बराबरको थियो ।  सुरुमा त उनीहरूले सामान कतै खस्यो होला भन्ने आँकलन गरे । तर, गाडीको पछाडिको ढोका बन्द नै थियो । कतै खस्ने सम्भावना पनि थिएन । कम्पनीका प्रबन्धकहरूले विश्वकर्मा र खड्काले नै सामान लुकाएको आशंका गर्दै पैसा तिर्नुपर्ने बताए । तर, उनीहरूले आफूहरूले विनागल्ती त्यति धेरै पैसा तिर्न नसक्ने बताए ।   दुई दिनसम्म पनि रहस्यमय बनेपछि घटना प्रहरीकहाँ पुग्यो । उनीहरू गत १४ साउनमा उजुरी लिएर महानगरीय अपराध महाशाखा टेकुमा पुगे । महाशाखामा केही दिनअघि मात्र त्यस्तै किसिमको अर्को उजुरी आएको थियो । कालिमाटीबाट ठमेलमा चुरोट लिएर जाने क्रममा पटक–पटक चुरोट हराएको थियो । चुरोट त्यसैगरी बाटैबाट हराएको थियो ।

सूर्य चुरोट चोरी गर्ने गिरोहका सदस्य स्वयम्भूका निखिल शाहीलाई सडकको सिसिटिभीका आधारमा १६ साउनमा प्रहरीले पक्राउ गर्‍यो । उनले आफूले एक कार्टुन सूर्य चुरोट चोरी गरेको र त्यो ठमेलमा लगेर बिक्री गरेको स्विकारे । त्यसपछि महाशाखाका इन्स्पेक्टर भरत थापाले सोधे, ‘मार्लबोरो चुरोट खै त रु’ मार्लबोरो चुरोट पनि उनैले चोरी गरेको प्रहरी अनुमान मात्र थियो । प्रहरीको अनुसन्धान शैली सही ठहरियो ।  सो चुरोट पनि आफैँले चोरेको र हात्तीवनमा चिनजानका व्यक्तिको घरमा लगेर लुकाएको शाहीले स्विकारे । नभन्दै प्रहरीले चोरी भएको आठ कार्टुन मार्लबोरो चुरोट नै त्यहाँबाट बरामद गर्‍यो । सो चुरोट चोरीको कहानी सुन्दा प्रहरी अधिकारी नै निकै चकित भए ।

पूर्वकर्मचारी नै चोरीमा :   पक्राउ परेका शाहीले जगदम्बा ग्रुपकै जगदम्बा ओभरसिज प्रालिमा केही समय काम गरेका थिए । पेप्सीकोलाको सोही गोदाम रहेको ठाउँमा गएर अन्तर्वार्ता दिएका थिए । त्यसकारण कम्पनीले सोही गोदामबाट होलसेलमा चुरोट बिक्री गर्ने उनले थाहा पाएका थिए ।  केही समयअघि चिनजान भएका एक साथीले चुरोट चोरेर पैसा कमाउन सकिने आइडिया सिकाएका थिए । लागुऔषधका दुव्र्यसनी उनी सो प्रस्तावमा सजिलै लोभिए र गुडिरहेको गाडीबाटै चुरोट चोर्ने योजनामा अघि बढे । सोहीअनुसार उनीहरू १२ साउनमा जगदम्बाको गोदामको गेटनजिकै गएर बसे । जब चुरोट लोड गरेर बा१०च ५२५१ नम्बरको मिनीटाटा निस्कियो, उनीहरूको बा६२प ४२३५ नम्बरको स्कुटरले पिछा सुरु गर्‍यो ।  स्कुटर उनै शाहीले चलाएका थिए, गाडीको पछाडि उनका साथी बसेका थिए । गाडी गोठाटारको बाटो हुँदै महाराजगन्जतर्फ जाँदै थियो । चुरोट कम्पनीका कर्मचारी दुवैजना अगाडि बसेका थिए ।

गोठाटारको बालुवा वासिङनजिकै पुगेपछि खाल्डाखुल्डीमा गाडीको गति कम भयो । स्कुटरको पछाडि रहेका शाहीका साथी गाडीको पछाडि ल��ाएको सानो ताला फुटाएर भित्र छिरे । दुई कार्टुन चुरोट दुईतिर च्यापेर फुत्त हामफाले । स्कुटरमा चढे र सो चुरोट नजिककै पसलमा लगेर राखे । फेरि गाडीकै पिछामा लागे । गोठाटारको उकालोमा गाडीको गति कम भयो । उनी पुनः गाडीमा छिरेर दुई कार्टुन चुरोट लिएर निस्किए । पहिलेजस्तै नजिकैको पलसमा चुरोट राख्न दिएर गाडीको पिछामा लागे ।   त्यसपछि पटक–पटक चुरोट निकाल्ने प्रयास गर्दा पनि उनीहरू सफल भएनन् । सुकेधारा पुगेपछि गाडीमा बल्ल चढ्न सफल भए । त्यहाँ पनि उनी दुई कार्टुन चुरोट निकाल्न सफल भए । त्यसपछि महाराजगन्ज चोकमा गएर गाडी रोकियो ।  चोकको ट्राफिकमा इन्स्पेक्टर नै खटिएका थिए । तर, प्रहरीकै सामुन्ने उनीहरूले त्यहाँ पनि दुई कार्टुन चुरोट निकाल्न सफल भए । त्यसपछि उनीहरू पहिला राख्न दिएको चुरोट बटुल्दै फर्किए । चार ठाउँमा गरेर उनीहरूले ६ लाख ९६ हजार रुपैयाँ बराबरको चुरोट चोरी गरेका थिए ।