शनिबार, बैशाख २२, २०८१

नेपाः डान्स एकेडेमिले सरिताको सहयोगार्थ ‘होप’ को आयोजना गर्ने

काठमाडौं श्रावण ३१, नेपाः डान्स एकेडेमिले पवित्र सामाजिक उद्देश्य लिएर भाद्र ३ गते काठमाडौंको दरबारमार्ग स्थित क्लब डेजाभुमा ‘होप’ नामक एक कार्यक्रमको आयोजना गर्न लागेको छ ।  पिता हिराकाजी महर्जनलाई आफनै ३५ प्रतिशत कलेजो दान दिएर पितालाई बचाउन सफल भएपनि कलेजो प्रत्यारोपण received_10154640162325124पछि बुबाकै नियमित स्वास्थ्य उपचार संगै दुबै मृगौला फेल भई डाइलोसिस गराइरहनुपर्ने उनकी आमा मन्जु महर्जनको स्वास्थ्य उपचारको अलावा पिताजीलाइ कलेजो दान दिएकी सरिताको आफ्नै पनि स्वास्थ्य उपचार नियमित गर्नुपर्ने अवस्थालाइ आत्माबोध गर्दै काठमाडौं लगनटोल निबासी २४ बर्षिय सरिताले झेल्दै आएको बढ्दो आर्थिक संकटको सहयोगार्थ नेपाः डान्स एकेडमीका ‘होप’ नामक सांगितिक कार्यक्रमको आयोजना गर्दै अर्थ संकलन गर्ने लक्ष्य अनुरुप प्रस्तुत कार्यक्रम आयोजन लागिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संस्थाकी अध्यक्ष रोहिया महर्जन कार्यक्रम व्यवस्थापक रीना महर्जन र संयोजक गम्भीरमान सिंद्दारा संयुक्तरुपमा जारी विज्ञप्तिमा नेपाः म्यूजिक र अन्तर्राष्ट्रिय स्तरको क्लब डेजाभुलेको हातेमालोमा नेपालका चर्चित कलाकार साथै नेपाः डान्स एकेडमीका कलाकारहरुबाट कला प्रस्तुति सहित आयोजना गरीने यस कार्यक्रमबाट संकलन हुने रकम सरिता महर्जनलाई सहयोग स्वरुप हस्तान्तरण गरिनेछ । उनको आमाबुबाको उपचारको साथै भविष्यमा उनलाई कुनै आयमूलक रोजगारको शुरुवात समेत गर्न टेवा पुगोस भन्ने संस्थाको उद्देश्य रहेको उल्लेख   गरिएको छ ।  साथै जारी विज्ञप्तिमा आज एकजनालाई परेको समस्या भोली हामी कसैलाई नपर्ला भन्न सकिन्न । त्यसैले आजको कुनै एकको समस्यालाई हामी सबैले आफ्नै साझा समस्या सम्झिएर सक्दो सहयोग गर्न पनि संस्थाले आव्हान समेत गरेको छ ।