शुक्रबार, बैशाख १४, २०८१

नेक्स्ट सुपर टप्स मोडलको शिर्ष उपाधी आरती र बिबेकलाइ

काठमाडौ श्रावाण् २८,  नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को उपाधि आरती लामिछाने र बिबेक शाहले जितेका छन । नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ प्रतियोगिताको आयोजना गरेको हो ।

20821309_10212160954811557_1326835695_oराष्ट्रिय नाचघर जमलमा सम्पन्न  प्रतियोगिताको अन्तिम प्रतिष्प्र्धा सात जना अन्य प्रतिष्प्रर्धीलाइ पछि पार्दै आरती लामिछानेले बिजेताको ताज चुम्न सफल भएकी छन भने फर्स्ट रनरअप सम्झना रेग्मी, र सेकेण्ड रनरअपमा जेनिशा श्रेष्ठ भएका थिए । त्यसैगरी पुरुष तर्फ आठ जना प्रतिष्प्रर्धीलाइ उछिन्दै बिबेक शाह बिजेता बनेका छन भने फर्स्ट रनरअप उज्जल केसी र सेकेन्ड रनरअप सलमान अन्सारी भएका छन ।

नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को अन्तिम प्रतिष्पर्धामा  सञ्चारकर्म�� तथा कलाकार सुर्य चन्द, गायक उदेश श्रेष्ठ, नायिका अनु शाह,शिक्षासेवि सुदन डोटेल र मोडल संजय राज बिक्रम निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए ।  कोरियोग्राफर दिवस भट्टराइले कोरियोग्राफ्री रहेका प्रस्तुत प्रस्तुत प्रतियोगीतको संचालन चर्चित कोरियोग्राफर आश्विनी झाले गरेका थिए । यस सौन्दर्य प्रतियोगितामा बिजेतालाइ नेपालबाट अन्तराष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिष्प्रर्धामा प्रतिनिधित्व गराउने मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले बताए ।