बिहिबार, जेष्ठ ३, २०८१

दलिय अडान र अर्कमण्यताका कारण मुलुक अराजकताको संघारमा

काठमाडौं पौष ६, व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ताभएपछि पछि सुरु भएको गतिरोधका कारण अवरुद्ध हुँदै आएको संसद बैठक सुचारु गर्नका लागि सरकारले नेकपा एमाले लगायतका प्रतिपक्षी दलसंगको अन्तर संवादलाइ आफैमा निष्कर्षविहिन बन्दै आएको छ । संवादको क्रममा प्रमुख प्रतिपक्षी nepalदल नेकपा एमालेले सहमतीय राजनीतिकका लागि संविधान संसोधन विधेयक फिर्ताको अडानमा अडिग रहदै संसोधन प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न नदिने मनस्थितीमा छ भने प्रधानमन्त्री प्रचण्डले तत्कालिन प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्षबीचको सहमति अनुसार अहिलेको संसोधन विधेयक आएको बताउँदै सरकरले संसोधन प्रस्ताव फिर्ता नलिने जनाउ दिदै आएको छ ।

यसरी संसदमा निरन्तर गतिरोध जारी हुदै गर्दा एकातपर्फ मुलुकमा जारी संविधानको भावना अनुरुप २०७४ भित्र सम्पन्न गरिसक्नु पर्ने तीन तहको निर्वाचनको लागि आवश्यक निर्वाचनको कार्यविधी कानुनको तर्जुमा मात्र नभएर संसदमा छलफलको क्रममा रहेको लोकमान कार्की महाभियोग दर्ता लगायतका अनगिन्ती प्रस्ताव ओझेलमा पर्दै गएको छ भने अर्कोतर्फ दिनानुदिन यो वा त्यो बहानामा अराजकताले प्रशय पाउँदै गएको अवस्था छ समग्रमा भन्ने हो भने मुलुकमा विकसित यावत घटनाक्रमको विश्लेषण गर्ने हो भने स्थिती आफैम भयावह हुँदै गएको जानिफकारहरुले बताएका छन ।