सोमवार, जेष्ठ ७, २०८१

सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्र, एकात्मक राज्यप्रणाली स्थापनार्थ सहयोगको आव्हान

काठमाडौं मार्ग ६, एकिकृत राष्ट्रवादी शक्ति निमार्ण अभियानका अध्यक्ष केशर बहादुर बिष्टले नेपाललाई सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्र संवैधानिक राजसंस्था aaर स्थानिय स्वायन्त शासन प्रणाली सहितको एकात्मक राज्य प्रणाली कायम गर्न मन, वचन कर्मले साथ दिन आह्वान गर्नुभएको छ ।

त्यस्तै उहाँले गणतन्त्र र धर्म निरपेक्षताको विरुद्धमा संविधनसभाको निर्वाचनको क्रममा रा.प्र.पा नेपाललाई जुन विस्वासले मतदान गरेका थिए त्यसको विपरित राप्रपा नेपालले संघीयता गणतन्त्र र धर्म निरपेक्षता सहितको संबिधान बनाउन सहयोगीको भूमिका खेल्दै नेपाली जनतको अपमान गरेको आरोप सहित पार्टीको आदर्शलाई परित्याग गरेको जिकिर गर्नु भएको छ यसको अलावा सोमवार राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिधिवत विलय पछि अस्तित्व नै समाप्त भएको रा.प्र.पा नेपाल पार्टी र यसका नेताहरुबाट सकारात्मक पक्षको अपेक्षा गर्न नसकिने बताउँनु भएको छ ।

यि र यस्ता जनमत विपरित कार्य गर्ने यो वात्यो शक्ति विरुद्ध सर्वधर्म समभाव हिन्दुराष्ट्र संवैधानिक राजसंस्था स्थानिय स्वायत शाशनको अवधारण सहितकोै आधारभूत सिद्धान्तहरुको रक्षा गर्न एकीकृत राष्ट्रबादी शक्ति निमार्ण अभियान देशब्यापी रुपमा संगठित भै सकेको जनाउ दिदै सिद्धान्तमा अटल विश्वास र आस्था राख्ने ब्यक्ति, संघ संस्था , समुह र दलहरुलाई “एकिकृत राष्ट्रवादी शक्ति” मा सामेल र संलग्न हुन उहाँले आह्वान गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031