शनिबार, बैशाख २२, २०८१

सभापति देउवालाइ मानार्थ विद्यावारिधिको उपाधि

काठमाडौ कात्तिक २१, नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मानार्थ विद्यावारिधिको उपाधिबाट bbbसम्मानित गरेको छ ।  नेहरु विश्वविद्यालयमा आज आयोजित विशेष समारोहमा उपकुलपति प्रा जगदेशकुमारले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्नुभएको नेपाली काँग्रेस मुख्यालयले जनाएको छ ।

काँग्रेस मुख्यालयका सचिव प्रेम केसीद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार प्रस्तुत उपाधिबाट सम्मानित हुने सभापति देउवा पहिलो नेपाली हुनुहुन्छ । यसअघि यो उपाधिबाट नोबेल पुरस्कार विजेता म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ्सान सुकी र भारतका पूर्वराष्ट्रपति डा एपिजे अब्दुल कलाम सम्मानित भइसक्नुभएको प्राप्त समाचारमा उल्लेख गर्दै सभापति देउवालाई नेहरु विश्वविद्यालयले प्रदान गरेको यो सम्मानप्रति काँग्रेसले धन्यवाद व्यक्त गरेको छ ।